कपडाको चप्पल बनाउने तालिम समापन

पाेखरा | असार ४, २०७९

कपडाको चप्पल बनाउने तालिम समापन

 

पोखरा :     गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा संचालित १२ दिने कपडाको चप्पल बनाउने तालिम समापन भएको छ  ।   प्राबिधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् र पोखरा महानगरपालिकाको संयुक्त साझेदारीमा संचालित गण्डकी बहुप्राविधिक शिक्षालयले यसै वर्ष देखी सिप परीक्षण नहुने चप्पल बनाउने, बाजा बजाउने लगाएतका तालिमहरु समेत संचालन गरेको हो  ।

 

पोखरा ५, बुलौदी बहुउद्धेश्यीय भवनमा भएको समापन कार्यक्रमको अध्यक्षता गण्डकी बहुप्राविधिक प्राबिधिक शिक्षालयका निर्देशक श्री लक्ष्मण तिमिल्सिनाले गरेका थिए  । भने कार्यक्रमको बिशेष आमन्त्रित व्यक्तित्व पोखरा महानगर पालिका वडा न ५, का नव( निर्वाचित वडा अध्यक्ष श्री बिष्णु बरालले सहभागीहरु लाई प्रमाणपत्र वितरण गर्दै सिपलाई स्वरोजगार संग जोड्न अनुरोध गर्दै वडा कार्यालयले रचनात्मक कार्यका लागि आवश्यक सहयोग गर्ने बताएका थिए । 

 

२०७९ ०२ २३ गते देखि सुरु गरिएको तालिममा २० जना सहभागी रहेका थिए । कार्यक्रममा स्वागत मन्तब्य स्वागत टोल आमा समुहका अध्यक्ष श्रीमति मधु थापाले गर्नुभएको थियो भने तालिम प्रशिक्षण प्रशिक्षक धनमाया श्रेष्ठले गर्नु भएको थियो । 

 

मापन कार्यक्रमको उद्घोषण श्री सन्तोष शर्माले गर्नु भएको थियो । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्